Rule 26
इनारको सञ्चालन र सम्भार
: (१) ठेकेदारले इनारमा कुनै ड्रिलि· वा वर्क ओभर कार्यहरू गर्नुभन्दा कम्तीमा पन्ध्र (१५) दिन अगावै ड्रिलि· कार्यक्रमको विस्तृत विवरणसहित त्यस्तो कार्यको लिखित सूचना विभागलाई दिनु पर्नेछ । ठेकेदारले लगिङ वा केसि· कार्य गर्नुभन्दा अगावै त्यस्तो कार्यहरूको सम्भव भएसम्मको विवरण विभागलाई दिनु पर्नेछ ।
(२) इनार खन्दा, उत्पादन तथा सम्भार कार्य गर्दा ठेकेदारले देहायबमोजिम गर्नु पर्नेछ :
(क) उत्पादन क्षेत्रको सीमाना नाघ्ने गरी भूमिगत ठाडो सतहलाई छेड्ने इनार खन्न हुँदैन ।
(ख) प्रत्येक इनारमा अकस्मात पेट्रोलियम निष्काशन नियन्त्रण गर्ने उपकरण (ब्लोआउट प्रिभेन्टर) जडान गरी चालू हालतमा राख्नु पर्नेछ र निर्धारित तरिकाबमोजिम त्यस्तो उपकरणको समय समयमा परीक्षण गरी त्यसको अभिलेख राख्नु पर्नेछ ।
(ग) कुनै इनारबाट अकस्मात पेट्रोलियम निष्काशन (ब्लोआउट) हुन नदिन उचित परिमाणमा उपयुक्त गुणको माटो प्रयोग गर्नु पर्नेछ ।
(घ) इनारको सम्पूर्ण गहिराइमा दश (१०) मिटरको दूरीमा वा विभागले निर्देश गरेबमोजिम नबढाई कटान (कटिङ्ग) नमूना लिनु पर्नेछ र त्यस्तो नमूनाहरूमा सम्बन्धित इनारको नम्बर र गहिराई उल्लेख गरी राख्नु पर्नेछ ।
(ङ) कोर नमूना लिइएमा कोरहरूलाई विभाजन गरी स्टाटिग्राफिक क्रमानुसार कोर बाकसमा राख्नु पर्नेछ र प्रत्येक कोर बाकसमा कोर संख्या र कोरहरूको माथिल्लो र तल्लो भागको गहिराइ, कोर प्राप्तिको प्रतिशत र इनारको नामसमेत उल्लेख गरी राख्नु पर्नेछ ।
(च) खण्ड (घ) र (ङ) बमोजिम लिइएको कटान र कोर नमूनाको एक भाग मनासिब समयभित्र विभागलाई उपलब्ध गराउनु पर्नेछ ।